वेस्टर्न अस्ट्रेलिया सरकारले प्रदान गरेको पिपिई नेपाल आइपुग्यो

अग्रपङतीमा खटिएका स्वास्थ्यकर्मीको सहयोगका लागि वेस्टर्न अस्ट्रेलिया सरकारले पठाएको व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) नेपाल आईपुगेको छ ।

A RAAF C-17A will deliver oxygen equipment to India,Pakistan and Nepal

Source: Twitter

रक्षा मन्त्री पिटर डट्टन र सिनेटर जेड सेसेल्जाले संयुक्त रूपमा शुक्रवार जारी गरेको वक्तव्यमा पर्थबाट शुक्रवार बिहानै स्वास्थ्य सामाग्री बोकेको सैनिक विमान भारत,श्रीलंका र नेपालका लागि उडेको जानकारी गराइएको हो ।

इन्डो–प्यासिफिक क्षेत्रमा पछिल्लो समय देखिएको स्वास्थ्य एवम् मानवीय चुनौतीहरूको सामना गर्न भन्दै नेपाल,भारत र श्रीलंकामा स्वास्थ्य सामाग्रीहरू पठाइएको विज्ञप्तिमा जनाइएको छ ।

अस्ट्रेलियन सेनाको सी–१७ ए ग्लोब मास्टर विमान मार्फत भारतमा अक्सिजन लगायतका स्वास्थ्य सामाग्री र नेपाल र श्रीलंकाका लागि व्यक्तिगत सुरक्षा सामाग्री पुर्‍याइएको हो ।
“वेस्टर्न अस्ट्रेलिया सरकारले प्रदान गरेको पिपिई लगायतका सुरक्षा सामाग्रीले अग्रपङतीमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीहरूलाई आवश्यक सहयोग पुर्‍र्‍याउनेछ ।” विज्ञप्तिमा भनिएको छ ।
मोरीसन सरकारले यस अघि नै नेपालमा ७० लाख अस्ट्रेलियन डलर बराबरको सहयोग गर्ने बताइसकेको छ ।

अस्ट्रेलियन सरकारले प्रदान गर्ने उक्त रकम नेपालमा रहेका विश्वसनीय साझेदार मार्फत परिचालन गरिने बताइएको छ ।


Share
Published 5 June 2021 12:21pm
Presented by SBS Nepali
Source: SBS

Available in other languages

Share this with family and friends